Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा देशैभरको गाउँपालिकामध्ये उत्कृष्ट गाउँपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिकामध्ये पहिलो बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले बताए । ‘नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशमा पहिलो र देश भरका स्थानीय तहहरुमा तेस्रो बनेको हो । तर गाउँपालिकामध्ये भने देशभरकै उत्कृष्ट पालिका बनेको हो । नेत्रावती डवजोङ गाउँपालिकासँगै स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले समान ७८.२ अंक प्राप्त गरेको छ’ उनले भने ।

यो नतिजाले काम गर्न थप हौसला थपेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । उनले भने, ‘नागरिकको चाहना अनुरुप काम गर्दै आएका छौं । कार्यसम्पादन मूल्याङ्कनमा पालिकाले उत्कृष्ट नतिजा निकालेको छ । गाउँपालिकाबासी, कर्मचारी तथा सबै जनप्रतिनिधिप्रति हार्दिक आभारी छौ ।’
स्थानीय नागरिक, कर्मचारी, जनप्रतिनिधि तथा सहयोगी संघसंस्थाको साथ र सहयोगले यो नतिजा हासिल भएको नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सितामाया गुरुङले बताइन् । ‘उत्तरी क्षेत्रमा रहेको नेत्रावती डवजोङ गाउँपालिकामा काम गर्न चुनौतिहरु धेरै नै छन् । सँगसँगै अवसरहरु पनि छन् । यो नजिता हासिल गर्न सहयोग र भूमिका खेल्नुहुने सबैप्रति सम्मान र धन्यवाद छ’ उनले भनिन् ।

नेत्रावती डवजोङ गाउँपालिकाले गत वर्ष बेरुजुमा राम्रो काम गरेर उत्कृष्ट बनेको गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले बताए । नेत्रावती डवजोङ गाउँपालिकाले कार्य सम्पादन, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निकै फड्को मारेको छ । उनले भने– ‘कर्मचारीको उत्कृष्ट कार्यसम्पादन र जनप्रतिनिधिहरुको नेतृत्व र समन्वकारी भूमिकाले गाउँपालिका उत्कृष्ट बनेको हो ।’

त्यस्तै, धादिङको नीलकण्ठ नगरपालिकाले ७६.५, बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४, गंगाजमुना गाउँपालिकाले ६१.९, गल्छी गाउँपालिकाले ६०.७, ज्वालामुखी गाउँपालिकाले ५९.१, सिद्धलेक गाउँपालिकाले ५७.६, धुनीबेशी नगरपालिकाले ५५.९, थाक्रे गाउँपालिकाले ५५.६, त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.३, गजुरी गाउँपालिकाले ५४.४, खनियाबास गाउँपालिकाले ५२.७ र रुवीभ्याली गाउँपालिककाले ४८.८ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्यांनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरू माग गर्दछ । त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय