Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा देशैभरको गाउँपालिकामध्ये उत्कृष्ट गाउँपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिकामध्ये पहिलो बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले बताए । ‘नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशमा पहिलो र देश भरका स्थानीय तहहरुमा तेस्रो बनेको हो । तर गाउँपालिकामध्ये भने देशभरकै उत्कृष्ट पालिका बनेको हो । नेत्रावती डवजोङ गाउँपालिकासँगै स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले समान ७८.२ अंक प्राप्त गरेको छ’ उनले भने ।

यो नतिजाले काम गर्न थप हौसला थपेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । उनले भने, ‘नागरिकको चाहना अनुरुप काम गर्दै आएका छौं । कार्यसम्पादन मूल्याङ्कनमा पालिकाले उत्कृष्ट नतिजा निकालेको छ । गाउँपालिकाबासी, कर्मचारी तथा सबै जनप्रतिनिधिप्रति हार्दिक आभारी छौ ।’
स्थानीय नागरिक, कर्मचारी, जनप्रतिनिधि तथा सहयोगी संघसंस्थाको साथ र सहयोगले यो नतिजा हासिल भएको नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सितामाया गुरुङले बताइन् । ‘उत्तरी क्षेत्रमा रहेको नेत्रावती डवजोङ गाउँपालिकामा काम गर्न चुनौतिहरु धेरै नै छन् । सँगसँगै अवसरहरु पनि छन् । यो नजिता हासिल गर्न सहयोग र भूमिका खेल्नुहुने सबैप्रति सम्मान र धन्यवाद छ’ उनले भनिन् ।

नेत्रावती डवजोङ गाउँपालिकाले गत वर्ष बेरुजुमा राम्रो काम गरेर उत्कृष्ट बनेको गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले बताए । नेत्रावती डवजोङ गाउँपालिकाले कार्य सम्पादन, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निकै फड्को मारेको छ । उनले भने– ‘कर्मचारीको उत्कृष्ट कार्यसम्पादन र जनप्रतिनिधिहरुको नेतृत्व र समन्वकारी भूमिकाले गाउँपालिका उत्कृष्ट बनेको हो ।’

त्यस्तै, धादिङको नीलकण्ठ नगरपालिकाले ७६.५, बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४, गंगाजमुना गाउँपालिकाले ६१.९, गल्छी गाउँपालिकाले ६०.७, ज्वालामुखी गाउँपालिकाले ५९.१, सिद्धलेक गाउँपालिकाले ५७.६, धुनीबेशी नगरपालिकाले ५५.९, थाक्रे गाउँपालिकाले ५५.६, त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.३, गजुरी गाउँपालिकाले ५४.४, खनियाबास गाउँपालिकाले ५२.७ र रुवीभ्याली गाउँपालिककाले ४८.८ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्यांनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरू माग गर्दछ । त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय