Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रूपन्देहीले जोशीलाई थुनछेक बहसपछि आज पुर्पक्षका लागि जेल चलान गरेको हो ।

जोशी थुनछेक बहसका लागि आजै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए । बहसपछि न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अभियुक्तले जानी जानी अभियोग भार अनुसार कसुर नगरेको भन्ने विश्वास गनुपर्ने मनासिव आधार नरहेको भन्दै मुलुकी अपराध संहिता २०७४ दफा ६७ अनुसार कारागारमा पठाउन आदेश दिएको हो ।

आदेशमा प्रमाण परीक्षण गर्दा ठहर बमोजिम हुने भएकाले तत्काल स्थानीय कारागारमा पठाउन भनिएको छ ।

बहसमा सरकारका तर्फबाट न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गर्नुभएको थियो । यस्तै जोशीका तर्फबाट भने अधिवक्ता महेशकुमार चौधरी र अपूर्व खतिवडाले बहस गर्नुभएको थियो ।

प्रहरीले पुस ६ गते छविलाल जोशी सहितलाई पूरक अभियोगका १४ र सुरू मुद्दाका २८ सहित ४२ जना विरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय