Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रूपन्देहीले जोशीलाई थुनछेक बहसपछि आज पुर्पक्षका लागि जेल चलान गरेको हो ।

जोशी थुनछेक बहसका लागि आजै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए । बहसपछि न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अभियुक्तले जानी जानी अभियोग भार अनुसार कसुर नगरेको भन्ने विश्वास गनुपर्ने मनासिव आधार नरहेको भन्दै मुलुकी अपराध संहिता २०७४ दफा ६७ अनुसार कारागारमा पठाउन आदेश दिएको हो ।

आदेशमा प्रमाण परीक्षण गर्दा ठहर बमोजिम हुने भएकाले तत्काल स्थानीय कारागारमा पठाउन भनिएको छ ।

बहसमा सरकारका तर्फबाट न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गर्नुभएको थियो । यस्तै जोशीका तर्फबाट भने अधिवक्ता महेशकुमार चौधरी र अपूर्व खतिवडाले बहस गर्नुभएको थियो ।

प्रहरीले पुस ६ गते छविलाल जोशी सहितलाई पूरक अभियोगका १४ र सुरू मुद्दाका २८ सहित ४२ जना विरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय