Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

भारतीय जनता पार्टी-भाजपाले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ ।

बुधबार भएको विधानसभा निर्वाचनमा ४८ स्थानमा विजयी भएसँगै भाजपाले दिल्लीमा सरकार बनाउने भएको हो ।

नतिजासँगै भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विश्वासको जित भएको उल्लेख गर्दै एक दशकदेखिको संकटबाट दिल्लीका जनता मुक्त भएको टिप्पणी गर्नुभयो । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९३ मा सुस्मा स्वराज मुख्यमन्त्री बन्नुभएको थियो ।

७० सिटको विधानसभामा सत्तारुढ आम आदमी पार्टी-आप भने २२ सिटमा सीमित भएको हो । चुनावमा पराजयपछि आप नेता केजरीवालले जनताको फैसला स्वीकार्ने बताउनुभएको छ ।

सन् २०१५ मा आपले ६७ र २०२० मा ६२ स्थानमा जित हासिल गरेर शासन गरेको थियो । यसपटकको चुनावमा भने आम आदमी पार्टी निकै कमजोर देखिएको हो । चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पराजित हुनु भएको छ ।

वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी हुनुभएको छ । सन् १९९८ देखि २००८ सम्म बहुमतसहितको ३ कार्यकाल सत्तामा रहेको कंग्रेसले यस पटक पनि खाता खोल्न सकेन । कांग्रेस दिल्लीमा सिटविहीन रहेको यो लगातार तेस्रो कार्यकाल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय