Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

भारतीय जनता पार्टी-भाजपाले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ ।

बुधबार भएको विधानसभा निर्वाचनमा ४८ स्थानमा विजयी भएसँगै भाजपाले दिल्लीमा सरकार बनाउने भएको हो ।

नतिजासँगै भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विश्वासको जित भएको उल्लेख गर्दै एक दशकदेखिको संकटबाट दिल्लीका जनता मुक्त भएको टिप्पणी गर्नुभयो । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९३ मा सुस्मा स्वराज मुख्यमन्त्री बन्नुभएको थियो ।

७० सिटको विधानसभामा सत्तारुढ आम आदमी पार्टी-आप भने २२ सिटमा सीमित भएको हो । चुनावमा पराजयपछि आप नेता केजरीवालले जनताको फैसला स्वीकार्ने बताउनुभएको छ ।

सन् २०१५ मा आपले ६७ र २०२० मा ६२ स्थानमा जित हासिल गरेर शासन गरेको थियो । यसपटकको चुनावमा भने आम आदमी पार्टी निकै कमजोर देखिएको हो । चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पराजित हुनु भएको छ ।

वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी हुनुभएको छ । सन् १९९८ देखि २००८ सम्म बहुमतसहितको ३ कार्यकाल सत्तामा रहेको कंग्रेसले यस पटक पनि खाता खोल्न सकेन । कांग्रेस दिल्लीमा सिटविहीन रहेको यो लगातार तेस्रो कार्यकाल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय