Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

रत्ननगर : चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिभल हुने भएको छ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिभल हुँदै आएको छ ।

आयोजक रेवान सौराहाले मंगलबार पत्रकार सम्मेलन गरी फेस्टिभलको तयारीका बारेमा जानकारी दिएको हो । चितवनको पर्यटन विकासका लागि फेस्टिभल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सौराहास्थित पर्यटक बस पार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा हुने फेस्टिभल हुने छ ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति-भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।

फेस्टिभलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वद्धि हुने उनले बताए । फागुन ३ गते सम्म चल्ने फेस्टिबलमा बहुल जातजातीहरुको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगितालगायत हुने संयोजक शम्भूप्रसाद मालीले जानकारी दिए ।

९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभल अबधिभर सौराहा क्षेत्रभित्र अनुमानित ३ करोडसम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेभबल अबलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्निे रेवान सौराहाका महासचिव नविन नेपालले जानकारी दिए । फेस्टिभल अवधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधासमेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय