Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चितवन : नेकपा एमाले खैरहनी नगरकमिटीको दोस्रो नगर अधिवेशन यही माघ २८ र २९ गते हुँदैछ । आयोजकले आज आइतबार पत्रकार सम्मेलन  गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र सोमबार पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने जानकारी दिएको हो ।

‘समृद्ध खैरहनी निर्माण गर्ने हाम्रो सान, खैरहनीबासीलाई सुखी बनाउने नेकपा एमालेको अभियान’ भन्ने मुल नाराका साथ आयोजना हुने नगर अधिवेशनमा १३ वटा वडाबाट छनोट भएर आएका २०३० जना प्रतिनिधिहरु सहभागी हुने नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले जानकारी दिए । अधिवेशन उद्घाटन पूर्व खैरहनीमा भब्य शोभायात्रा निकाल्ने तयारी गरिएको छ ।

अधिवेशनको पूर्वसन्ध्यामा आइतबार मोटरसाइकल र्‍याली निकालिएको छ । पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले पार्टीलाई एकताबद्ध बनाउन सर्वसम्मत नगर कमिटी चयन गर्ने नीति एमालेले अख्तियार गरेको बताए ।

पार्टी संकटमा रहेको बेला चुनावी प्रतिस्पर्धा गर्दा गतल सन्देश जाने भएकाले पार्टीका सबै तहका नेताहरुको चित्त बुझाएर सर्वमान्ने कमिटी गठन गर्ने योजना रहेको उनले बताए । केन्द्रीय सदस्य प्रभा बरालले जिल्लाका पालिकाहरुमा सर्वसम्मत नगर कमिटीहरु चयन भइरहेको भन्दै खैरहनीको सही बमोजिम हुने बताइन् ।

कार्यक्रममा नगर इन्चार्ज मुकुन्द दाहालले खैरहनीको नगर अधिवेशनलाई भब्य बनाउने गरी तयारी गरिएको बताए ।  अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि ५५ सदस्यीय नगर समिटी चयन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय