Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

माघ ३ गते । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदैछ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।

दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्राजुएट (चिकित्सा डाक्टर-शल्यचिकित्सा स्नातकोत्तर, एमडी-एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदैछन् । बिहीबारै प्रतिष्ठानको सिनेटसमेत हुने शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिनुभयो ।

“आज प्रतिष्ठानको भवन उद्घाटन, सिनेट बैठकपछि दीक्षान्त हुँदैछ,” अर्यालले भन्नुभयो । प्रतिष्ठान परिसरमा बनेको आकस्मिक भवन प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ । त्यही भवनका माथिल्ला तलमा एमबिबिएसको अध्यापन गर्ने तयारी रहेको प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले बताउनुभयो ।

पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना गरिएको हो । गण्डकी प्रदेशकै सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दिएको थियो । अस्पतालले गण्डकी प्रदेशमै क्यान्सर उपचार सेवासमेत सुरुआत गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय