Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

सिरहाको बरियारपट्टीगाउँपालिका–१ कचनारीमा गएराति रक्सी तस्करको गाडिले ड्युटीमा बसेका सशस्त्रप्रहरी नायवनिरिक्षकलाई किचेर फरार भएको छ।

नाकाबाट रक्सी तस्करी भइरहेको सूचना पछ्याउँदै रोक्न पुगेका नेपाल र सशस्त्रप्रहरीको संयुक्त टोलीका कमाण्डर सशस्त्रप्रहरी नायवनिरिक्षक लक्ष्मण प्रसाद यादवलाई रक्सी बोकेको गाडिले किचेर भागेको सिरहा प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जनाकारी दिए। गाडीले कुल्चिएर भुईँमा ढलेका सई यादवको घटनास्थलमै मृत्यु भएको हो।

अगाडि संयुक्त सुरक्षाकर्मीको टोली देखेर एक्लै उभिएका यादवलाई कुल्चिएर गाडि  हुइँक्याउँदै भागेको प्रहरीले जनाएको छ। रक्सी बोकेको गाडिको नम्बर समेत पतो नलागेको डिएसपी पासवानले बताए।

कुन गाडि थियो कति नम्बरको थियो केही पतो लागेको छैन उनले नागरिकसँगभने,‘गाडि र तस्करबारे पता लगाउने प्रयास भइरहेको छ।’

सिरहाको बरियारपट्टीनाका क्षेत्र मदिरा तस्करीको इपिसेन्टर बनेको छ। यस नाका क्षेत्र भएर भारतीय नम्बरको स्कार्पियो, मोटरसाइकल, साइकलमा मदिराको ब्यापक तस्करी हुँदै आएको स्थानीय बताउँछन्।

भारतको बिहारमा मदिराको उत्पादन, बिक्रीवितरण, ओसारपसार तथा सेवन निषेध रहेको भएतापनि मधेसका सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नाकाबाट भारततर्फ अवैध रुपमा मदिराको तस्करी भइरहेको पाइएको हो।

पछिल्लो समय नेपाली सौफी, गोल्डेन ओक, कस्तुरी लगायतका मदिरा पारी लैजाने गरिएको छ। बिहारमा प्रतिबन्धका कारण सिमा क्षेत्रका बजारहरुमा नेपाली रक्सीको डिमाण्ड बढेको पाइएको छ।

सप्तरीको बेल्ही, झुटकी, बरसाइन, पातो, सिरहाको ठाढी, बरियारपट्टी, माडर लगायतका नाका क्षेत्रबाट रातीको समयमा जिप, मोटरसाईकलमा मदिरा तस्करी हुने गरेको छ । पारीबाट आउने भरियालाई नेपालका तस्करले मदिरा बोकाएर पठाउने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय