Nepali Unicode | Preeti to Unicode

बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ।

सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

तर, उनी थुनामा नबसिकनै बाहिरै बसे। पछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए।

उनलाई केही महिनापछि प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय