Nepali Unicode | Preeti to Unicode

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १४ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार ६२८ संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ छ ।

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको द मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म संक्रमित मध्ये २ लाख २७ हजार ४३३ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर