Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

मोरङको गछीयामा कपाल काटेर दैनिक सय रुपैयाँ जम्मा गरेका नारायण ठाकुरको अम्बे कोसी सहकारीमा २१ हजार डुब्यो । हजुर बाको किरिया खर्च जुटाउनको लागि अन्यत्रै ऋण गरेका उनले आपत् परेको भन्दा पनि बचत फिर्ता पाएनन् ।

अम्बे कोशीको विराटचोक शाखामा खाता खोलेका उनी इटहरी स्थित मुख्य कार्यालय पुग्दा समेत आफ्नो रकम नपाएको सुनाउँछन् । केही समय अगाडी मुद्दा हाल्नुपर्‍यो भन्दै फोन आएपछि इनरुवा गएर हस्ताक्षर गरेको उनको भनाइ छ ।

नारायणको छेवैमा कपडा पसल सञ्चालन गर्ने मुना भट्टराईको पनि १४ हजार डुबेको छ । केही समय अगाडी  पैसा माग्न जाँदा भोली दिन्छु भन्दै झुलाएर अहिलेसम्म नदिएको उनले बताइन् । उनी सहित साजीलाल मार्केटमा व्यवसाय गर्ने १० जनाको बचत डुबेको छ ।

हजारमा मात्र हैन लाख र करोडमा बचत डुबाउने पनि त्यत्तिकै सङ्ख्यामा देखिएका छन् । बचतकर्ता गणेश सिगु लिम्बुको १४ लाख ६४ हजार, आँचल खड्काको २३ लाख, लक्ष्मण शाहको २२ लाख, गोकुल जिन्दलको १ करोड ३ लाख बचत छ । अनिता अग्रवालको १२ वटा खाताबाट ७० लाख भन्दा बढी रकम सहकारीमा बचत भएको छ ।  अम्बे कोशीमा बचतकर्ताको ४७ करोड ७ लाख अपचलन भएको जिल्ला अदालत सुनसरीको अभियोग पत्रमा उल्लेख छ ।

राजनीतिक शक्ति र सक्ताको आडमा सहकारीको रकम हिनामिना हुने गरेको र कारबाही प्रक्रिया पनि सोही अनुसार प्रभावित हुने गरेको पाइएको हो । इटहरी केन्द्रीय कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाको २१ लाख अपचलन गरेकी विष्णुमाया लिम्बु (अमृता सुब्बा) ५ लाख धरौटीमा रिहा भएकी भइन् ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ । सहकारी क्षेत्रमा बलियो प्रभाव रहेकी सुब्बा राष्ट्रिय सहकारी महासङ्घ र राष्ट्रिय सहकारी बैककी सञ्चालक हुन् । महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुब्बाले सहकारी क्षेत्रमा आफूलाई प्रभावशाली व्यक्तित्वको रूपमा प्रस्तुत गर्ने गरेकी छिन् । आफू सदस्य नै नरहेको समर्पण बचत तथा ऋण सहकारीबाट नेफ्स्कुनको ३२ औँ साधारण सभामा प्रतिनिधि समेत भइन् उनी ।

अम्बे कोशीका अध्यक्ष फडिन्द्र बहादुर पुर्वछाने (मगर) पुर्पक्षको लागि थुनामा छन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले विराटचोक, विराटनगर र दमकका नागरिकको बचत अपचलन गरेको हो । सञ्चालक शिला गजमेरले ५ लाख रुपैयाँ अपचलन गरेको र सो रकम आफू तिर्न तयार रहेको बयान दिएकी थिइन् । गजमेर ५ लाख नै धरौटी बुझाएर रिहा भइसकेकी छिन् । ८ लाख २९ हजार बचत गरेर एक लाख ऋण लिएका सोही सहकारीका कर्मचारी राहुल अग्रवालले १० लाख धरौटी बुझाएका छन् ।

सहकारी ऐन २०७४ का अनुसार १० लाख रुपैयाँ देखि ५० लाख सम्म बिगो भए दुई वर्ष देखि ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय