Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
२१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ?
Nepali Unicode | Preeti to Unicode

मोरङको गछीयामा कपाल काटेर दैनिक सय रुपैयाँ जम्मा गरेका नारायण ठाकुरको अम्बे कोसी सहकारीमा २१ हजार डुब्यो । हजुर बाको किरिया खर्च जुटाउनको लागि अन्यत्रै ऋण गरेका उनले आपत् परेको भन्दा पनि बचत फिर्ता पाएनन् ।

अम्बे कोशीको विराटचोक शाखामा खाता खोलेका उनी इटहरी स्थित मुख्य कार्यालय पुग्दा समेत आफ्नो रकम नपाएको सुनाउँछन् । केही समय अगाडी मुद्दा हाल्नुपर्‍यो भन्दै फोन आएपछि इनरुवा गएर हस्ताक्षर गरेको उनको भनाइ छ ।

नारायणको छेवैमा कपडा पसल सञ्चालन गर्ने मुना भट्टराईको पनि १४ हजार डुबेको छ । केही समय अगाडी  पैसा माग्न जाँदा भोली दिन्छु भन्दै झुलाएर अहिलेसम्म नदिएको उनले बताइन् । उनी सहित साजीलाल मार्केटमा व्यवसाय गर्ने १० जनाको बचत डुबेको छ ।

हजारमा मात्र हैन लाख र करोडमा बचत डुबाउने पनि त्यत्तिकै सङ्ख्यामा देखिएका छन् । बचतकर्ता गणेश सिगु लिम्बुको १४ लाख ६४ हजार, आँचल खड्काको २३ लाख, लक्ष्मण शाहको २२ लाख, गोकुल जिन्दलको १ करोड ३ लाख बचत छ । अनिता अग्रवालको १२ वटा खाताबाट ७० लाख भन्दा बढी रकम सहकारीमा बचत भएको छ ।  अम्बे कोशीमा बचतकर्ताको ४७ करोड ७ लाख अपचलन भएको जिल्ला अदालत सुनसरीको अभियोग पत्रमा उल्लेख छ ।

राजनीतिक शक्ति र सक्ताको आडमा सहकारीको रकम हिनामिना हुने गरेको र कारबाही प्रक्रिया पनि सोही अनुसार प्रभावित हुने गरेको पाइएको हो । इटहरी केन्द्रीय कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाको २१ लाख अपचलन गरेकी विष्णुमाया लिम्बु (अमृता सुब्बा) ५ लाख धरौटीमा रिहा भएकी भइन् ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ । सहकारी क्षेत्रमा बलियो प्रभाव रहेकी सुब्बा राष्ट्रिय सहकारी महासङ्घ र राष्ट्रिय सहकारी बैककी सञ्चालक हुन् । महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुब्बाले सहकारी क्षेत्रमा आफूलाई प्रभावशाली व्यक्तित्वको रूपमा प्रस्तुत गर्ने गरेकी छिन् । आफू सदस्य नै नरहेको समर्पण बचत तथा ऋण सहकारीबाट नेफ्स्कुनको ३२ औँ साधारण सभामा प्रतिनिधि समेत भइन् उनी ।

अम्बे कोशीका अध्यक्ष फडिन्द्र बहादुर पुर्वछाने (मगर) पुर्पक्षको लागि थुनामा छन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले विराटचोक, विराटनगर र दमकका नागरिकको बचत अपचलन गरेको हो । सञ्चालक शिला गजमेरले ५ लाख रुपैयाँ अपचलन गरेको र सो रकम आफू तिर्न तयार रहेको बयान दिएकी थिइन् । गजमेर ५ लाख नै धरौटी बुझाएर रिहा भइसकेकी छिन् । ८ लाख २९ हजार बचत गरेर एक लाख ऋण लिएका सोही सहकारीका कर्मचारी राहुल अग्रवालले १० लाख धरौटी बुझाएका छन् ।

सहकारी ऐन २०७४ का अनुसार १० लाख रुपैयाँ देखि ५० लाख सम्म बिगो भए दुई वर्ष देखि ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय