Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चितवन । चितवनमा आइतबार बेलुका भएको छुट्टाछुट्टै दुर्घटनामा परेर एक प्रहरीसहित अर्का मोटरसाइकल चाललको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर ६ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ६ त ३३८१ नम्बरको ट्याक्टरले सोही दिशाबाट आइरहेको ना ३ प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुजन न्यौपानेको उपचारको क्रममा  ८ बजेर ५० मिनेटमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

यस्तै खैरहनी नगरपालिका वडा नम्बर १ बहेडा चोकमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ७ का बिजेन्द्र चौधरी रहेका छन । प्रहरीका अनुसार ग १ च ९७२१ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई बेलुका ८ बजेर ५ मिनेट जांँदा ठक्कर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय