Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समकालीन नेताहरूलाई प्रधानमन्त्रीमा अघि सार्न गरेको प्रस्तावलाई सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।

आइतबार जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री शर्माले सभापति देउवा अब प्रधानमन्त्री बन्न नहुने बताएका थिए।

प्रधानमन्त्री नबनेर त्याग गरिदिन महामन्त्री शर्माले सभापति देउवालाई आग्रह गरेका हुन्। तर सभापति देउवाले यो कुरा मान्न आफू तयार नरहेको जबाफ दिएका हुन् ।

महामन्त्री शर्माले अबको प्रधानमन्त्रीमा सभापति देउवाको विकल्पमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये कोही एक जनालाई अघि सार्न सक्ने विकल्पसमेत सुझाएका थिए।

‘तपाईंले भनेर मैले प्रधानमन्त्री त्याग गर्ने हो ररु’ महामन्त्री शर्मालाई रोक्दै देउवाले प्रतिप्रश्न गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। सभापति देउवाले कुनै पद छाड्न मन छैन भने कसरी छाड्ने भन्ने प्रश्न पनि गरेका थिए।

महामन्त्री शर्मालाई लक्षित गर्दै सभापति देउवाले थपे, ‘तपाईंले प्रधानमन्त्री त्याग गर भन्नुभयो, ठिक छ त्यो तपाईंको विचार हो। तर कसैले छोड् अब भन्दैमा मैले छाड्नुपर्छ भन्ने छैन नि१ म अहिल्यै छाड्दिनँ।’

आफू प्रधानमन्त्री बन्ने विषय नेकपा एमाले सँग गत असार १७ गते नै सहमति भइसकेको सभापति देउवाको भनाइ थियो। पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो।

प्रधानमन्त्री हुन पहिले संसदीय दल नेता बन्नुपर्ने सभापति देउवाको भनाइ थियो। २०७९ पुस ६ गते भएको संसदीय दल नेता चुनावमा महामन्त्री गगन थापालाई हराउँदै सभापति देउवा संसदीय दल नेता चुनिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय