Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेसबीच सत्ता साझेदारीलाई ठीक ठाउँमा पुर्याउन चुनौतीपूर्ण भएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यसका आफ्नै च्यालेन्ज भएको बताएका हुन् ।

एमाले र कांग्रेस मिल्दा ओभरअल सिस्टममै जोखिम भएको थापाको बुझाइ छ । ‘हिजो एमाले सत्तामा हुँदा कांग्रेस प्रतिपक्षमा थियो । हामीले प्रश्न गर्दा भेन्टिलेटर हुन पाएको थियो । हामी सत्तामा हुँदा एमाले प्रतिपक्षमा थियो त्यो बेला पनि भेन्टिलेटर हुन पाएको थियो’, थापाले भने, ‘अहिले त हामी दुवै सरकारमा छौं । यो बेला हामीले काम गरेर परिणाम दिनपर्ने छ । हामी काम गरेर परिणाम दिन लागि पर्ने छ ।’

उनले नेतृत्वका बीचमा हुने हार्दिकता विश्वास र समझदारी महत्त्वपूर्ण हुने बताए । उनले पार्टी सभापति र एमाले अध्यक्षका बीचमा हुने विश्वास हार्दिकता र विश्वास सरकार सञ्चालनमा महत्वपूर्ण हुने बताए ।

दुई पार्टीका बिचमा हरेक ठाउँमा प्रतिस्पर्धा भएर संयन्त्र बनाएर नै काम गर्नु पर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनु पनि छ भोलि ८४ को चुनावमा पनि प्रतिस्पर्धा गर्नु छ । यसले अहिले हामीले व्यतित्वलाई पनि जोगाएर राख्नु पर्छ । हामीले गरेका स-साना कुराले ठूलो प्रभाव पर्ने भएकाले जोखिम रहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय