Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |
अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले यदी रुसी राष्ट्रपति भ्लदिमिर पुटिन मङ्गोलियाको भ्रमणमा आएमा आईसीसी सदस्य देशको हैसियतले उनलाई गिरफ्तार गर्नु मङ्गोलियाको ‘दायित्व’ भएको’जनाएको छ ।
राष्ट्रपति पुटिन मङ्गलवार मंगोलियको भ्रमणमा जान कार्यक्रम छ । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट (आईसीसी)को सदस्य देशमा राष्ट्रपति पुटिनको यो पहिलो भ्रमण हुनेछ ।
शुक्रवार आईसीसीका प्रवक्ता डा.फार्दी एल-अव्दल्लाहले भने ‘कोर्टको आदेश पालना मङ्गोलिया सहित सदस्य देशहरूमा निर्भर गर्दछ ।’ मङ्गोलिया सहित आईसीसी सदस्य देशहरूले आफ्नो दायित्व निर्वाह गर्नु पर्दछ।’ अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट नेदरल्याण्डमा छ ।
मार्च २०२३ मा आईसीसीले पुटिनको गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । कोर्टले पुटिन युद्ध अपराधका जिम्मेदार भएको ठहर गर्दै गिरफ्तारीको वारेन्ट जारी गरेको हो । रुस र युक्रेनको युद्ध शुरु भएपछि युक्रेनको बालबालिकालाई गैरकानुनी तरिकाले रुस लगिएको आरोप पनि पुटिन माथि लागेको छ ।
रुसले भने पुटिन माथि लगाइएको आरोपको निराधार भएको जनाउँदै आएको छ । आईसीसीले पुटिनको गिरफ्तारीको वारेन्ट जारी गर्नु रुसको लागि ‘अपमानजनक’ भएको बताएको छ ।
युक्रेनका अधिकारीहरूले पनि मङ्गोलिया भ्रमणमा आए राष्ट्रपति पुटिनलाई गिरफ्तार गर्न माग गरेको छ । युक्रेनको विदेश मन्त्रालयले भनेको छ ‘पुटिन युद्ध अपराधी भएको मङ्गोलियालाई थाहा भएको हामी आशा गर्दछौँ ।’रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले पुटिनको मङ्गोलिया भ्रमणलाई लिएर ‘कुनै चिन्ता नभएको’ जनाएको छ । प्रवक्ता दिमित्री पेस्कोले भने ‘मङ्गोलियामा हाम्रा सहयोगीहरूसँग राम्रो सम्बन्ध छ, तैपनि राष्ट्रपतिको भ्रमणका लागि हामीले सतर्कताका अपनाएका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय