Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

कटहरी गाउँपालिका–४ का ७५ वर्षीय जगन रायले आफूले ७५ वर्षदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा हडपिएको आरोप लगाएका छन्।

रायले आइतबार नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो समस्या सार्वजनिक गर्दै २०२४ सालको फिल्डबुक र तिरो तिरेको रसिदसहित आफ्नो दाबी प्रस्तुत गरे।

रायको भनाइअनुसार, उनले साविक कटहरी–७ (हाल कटहरी–४) को सिट नम्बर १७८–०६६७ र कित्ता नम्बर ७६ मा रहेको २६५ वर्गमिटर जग्गा लामो समयदेखि प्रयोग गर्दै आएका थिए।

रायले भनेका छन् कि उनी सुुकुम्वासीका रूपमा ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए। तर, हालै उक्त जग्गा उनीसँगै बसोबास गर्ने सिर्जना कोइरालासहित अन्य व्यक्तिहरूको मिलेमतोमा हडपिएको पाइएको छ। प्रत्यक्षदर्शीहरूको दाबी अनुसार, उक्त समूहले नापी र मालपोत कार्यालयका कर्मचारीहरूलाई घुस दिएर नयाँ कित्ता सिर्जना गरी जग्गा आफ्नो नाममा पास गराएको हो।

रायले भने, “मलाई जग्गा हडपिएको छ र यसमा केहि सँधियार र कर्मचारीहरूको संलग्नता छ।“ उनका अनुसार, सिर्जना कोइरालाले अन्य सँधियार राजेन्द्र र रामप्रसाद कामतलाई संलग्न गराएर २६५ वर्गमिटर जग्गा हडपेकी छन्। कोइरालाले उक्त जग्गामध्ये २४० वर्गमिटर आफ्नो नाममा पारिसकेकी छन्, जबकि बाँकी जग्गा राजेन्द्र र रामप्रसाद कामतको नाममा लगाइएको छ।

रायले यस विषयमा वडा कार्यालयदेखि गाउँपालिका स्तरका कर्मचारीहरूको समेत संलग्नता रहेको आशंका गरेका छन्। उनलाई न्यायको लागि राज्यका अख्तियार र अन्य निकायहरूमा उजुरी दिने सुझाव दिइएको छ। उनले विगतमा तिरो तिरेको रसिद, २०२४ सालको फिल्डबुक, नक्सासहितका कागजातहरू प्रस्तुत गरेका छन्।

यस घटनाले स्थानीय प्रशासनको कार्यशैलीमा प्रश्न उठाउँदै घुसखोरी र कानूनी प्रक्रियाको प्रभावकारीताको मुद्दालाई उजागर गरेको छ। पीडित राय र उनका समर्थकहरूले यस घटनाको गम्भीरता बुझाउँदै तुरुन्त कानूनी कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय