Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रास्वपा सांसद अशोक कुमार चौधरीलाई धेरै बकबक नगरी भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा भिडियो सन्देश मार्फत उनले बिहीबार चौधरीले प्रतिनिधिसभामा उठाएको विषयलाई प्रमाणित गर्न चुनौती दिएका हुन् ।

प्रतिनिधिसभा सदस्य चौधरीले बिहीबार इटहरीको विद्युतीय बस खरिदमा भ्रष्टाचार भएको, सिट स्क्यान मेसिन खरिदमा मिलेमतो देखिएको र जनदबाब पछि प्रक्रिया रोकिएको विषय उठाएका थिए । सोही क्रममा शान्ति सृजना माविमा ८० लाख बढी रकम भएको विषयमा पनि मिलेमतो भएको उनले वक्तव्य दिएका थिए ।

सांसद चौधरीको सोही अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै मेयर पौडेलले ठाडो चुनौती दिएका हुन् । सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिलाई सार्वजनिक खरिद ऐनको विषयमा जानकारी हुनुपर्ने बताउँदै उनले छानबिन समिति गठन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएर प्रमाणित गर्न चुनौती दिए ।

स्टन्ट र लोक रिझ्याइको लागि रास्वपा सांसदले अभिव्यक्ति दिएको उनको भनाइ छ । नगरवासी र नगरपालिकाको विषयमा विशेष अदालत र अख्तियार जस्तो गरी दोषी करार गरेको मेयर पौडेलले बताए ।  सांसद भएर बकबक नगर्न चेतावनी दिँदै उनले आग्रह र पूर्वाग्रहका आधारमा टिप्पणी नगर्ने चुनौती दिए ।

इटहरी अस्पतालमा सिटी स्क्यान मेसिन खरिदको विषय जनदबाबको भरमा रोकिएको भन्ने विषय सरासर गलत भएको मेयर पौडेलले बताए । प्रि-बिडिङ मात्र गरेको बताउँदै उनले प्राविधिक रूपमा समस्या देखिएपछि प्रि-बिडलाई रोकेको प्रस्ट पारे ।

शान्ति सृजना माविमा गएर ८० लाख रुपैयाँ पैसाको विषयमा प्राविधिक त्रुटि देखिएपछि त्यसलाई उपमहानगरले सच्चाएको र पैसा फिर्ता लिइसकेको पौडेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय