Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका एकनारायण अर्याललाई बधाई दिएका छन्। प्रधामन्त्री ओलीले बिहिबार साँझ नियुक्त भएका अर्याललाई सामाजिक सञ्जाल फेसबुक मार्फत बधाइ दीएका हुन् ।

बैठकले बरियताको चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

बधाई दिँदै उनले नागरिकलाई सेवा प्रभाह गर्न, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन मुख्यसचिव अर्याललाई सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउन, तत्काल गुनासो सुन्न र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन पनि सुझाव दिएका छन्।

उनले लेखेका छन्, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।’

सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न सहयोग पुग्ने पनि प्रधानमन्त्री ओलीले सुझाएका छन्।

उनले लेखेका छन्, ‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती , शिक्षक ,सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्। राष्ट्रसेवाका लागि सफलता मिलोस्, शुभकामना!!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय