सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।
