Nepali Unicode | Preeti to Unicode

राजतन्त्रको माग गर्दै संघीय राजधानी काठमाडौंमा विशाल प्रदर्शन भएको छ।

शनिबार दिउँसो काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित प्रदर्शन गरेका हुन्।

पछिल्लो केही दिनदेखि राजावादीहरुले हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै देशभर प्रदर्शन गर्दै आइरहेका छन्।
शनिबारको प्रदर्शनमा पनि उनीहरुले संघीयता खारेज हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने लगायतका माग राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर