Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय च:मतिमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी यो निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भनेको थियो।

साथै रास्वपाले दुई पटकसम्म ढकाललाई स्पष्टीकरण सोधेको थियो। ढकालले पनि सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाएका थिए।

जिल्ला-जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावमा आधारित रही ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए। त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरू गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर