Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

वैदेशिक रोजगारका लागि आबुधाबी पुगेका चितवन भरतपुर–१५, रामपुरका वीरलाल तामाङ सम्पर्कविहीन भएका छन्, उनलाई सम्पर्कमा आइदिन आग्रह गरिएको छ ।

४२ वर्षीय तामाङ घर आउने तयारीमा थिए । कम्पनीबाट बिदा लिएर घर आउने क्रममा भाइ ३६ दिनदेखि सम्पर्कबाहिर रहेको उनका दाइ दिलबहादुरले बताए ।

भाइको खोजीका लागि वीरलालले काम गरेको कम्पनी र दूतावासलाई समेत पत्राचार गरिसकिएको उनले बताए । २०८० को कात्तिक अन्तिममा बिदामा घर आएर फागुनमा फर्किएका वीरलाल घरमा श्रीमती बिरामी भएपछि भरतपुरको सप्तगण्डकी अस्पतालबाट बिरामीको रिपोर्ट वीरलाल कार्यरत कम्पनीमा पठाएपछि कम्पनीले बिदा दिएको थियो ।

गत जुलाई ४ तारिख ३ बजे लडेर घाइते भएका वीरलाललाई अस्पतालबाट प्रहरीले लगेपछि त्यहाँ बस्ने नेपालीले पनि खोजीका लागि सक्दो प्रयास गरेका उनको भनाइ छ । वीरलाल सन् २०१९ देखि आबुधाबीस्थित टार्गेट इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीमा स्कापफोल्डिङको काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय