Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
संरक्षणको लागि सरसफाईमा जोड
Nepali Unicode | Preeti to Unicode

मंसीर २० , चितवन चितवनका संरक्षणकर्मीले वन वन्य जन्तु हिड्ने इलाकामा सरसफाई नियमित हुनुपर्नेमा जोड दिएका छन वन्यजन्तु मर्नेकारण निकुञ्ज   राप्ती नदीमा फालिएका प्लाष्टिक तथा वोतल पानी प्रदुषण भएका कारण सरसफाई अपरिहार्य भएकोबताएका हुन

राप्ती तटीय सरसफाई अभियान मध्यवर्ती क्षेत्रले आज पटिहानीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा वन्यजन्तु हिड्ने करिडोरमासरसफाई नगरे प्राकृतिक कारणले बन्यजन्तु मर्ने खतरा बढ्दै गएको बताए

कार्यक्रममा बोल्दै सरसफाई अभियान्ता तथा कार्यक्रमका संयोजक अपिल घिमिरेले फोहोर प्रदुषणका कारण दुर्लभ वन्य जन्तु मर्दैजाने बताए विगत बर्ष अघिदेखि सरसफाई अभियानलाई निरन्तरता दिएपनि यसमा कमी नआएको भन्दै उनले चिन्ता व्यक्त गरे

अहिले वनभित्र प्लाष्टिक वोतलहरु भेटिन्छन ,उनले भने यसको न्यूनिकरण निर्मलीकरण कसरी हुन्छ भन्ने हाम्रो चिन्ता हो

सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्यटकले जथाभावी त्यस्ता वस्तुहरु फाल्दा वन्यजन्तु विरामी मर्ने गरेको संरक्षणकर्मीको भनाई थियो

सरक्षणकर्मी देवराज पौडेलले मानव वन्यजन्तु एकअर्काको परिपुरक रहेको भन्दै वन्यजन्तुबाट जोगिन वन्यजन्तुलाई जोगाउन चुनौतिथपिएको बताए सरक्षणको लागि वन्यजन्तुको वासस्थान आहारा पर्याप्त हुनुपर्ने भन्दै उनले सरसफाई पनि अपरिहार्य भएको उनकोभनाई थियो

बेलशहर  सामुदायिक वनका उपाध्यक्ष नवराज सुवेदीले वन्य जन्तुको संरक्षणका लागि आफूहरु लागेपनि खासै उपलब्धी नभएकोउल्लेख गरे संरक्षण गर्न सरसफाई पनि हुनुपर्ने भन्दै उनले हरेक टोलटोल , घरघरमा जनचेतना जगाउन आवश्यक रहेको बताए

पर्यटन व्यवसायी ऋषि न्यौपानले चितवनकाृ पर्यटन वन वन्यजन्तु रहेकोले संरक्षणको विकल्प नरहेको बताए पछिल्लो समय गैंडामर्ने मारिनेक्रम बढेको भन्दै उनले  वनमा आश्रित वर्ग समुदायलाई आर्थिक आय आर्जन खोज्नु पर्ने बताए

कार्यक्रममा बोल्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत  अणनाथ बरालले सरक्षणमा निकुञ्जको मात्र दायित्व नभई हरेक समुदायकोपनि उत्तिकै दायित्व रहेको बताए संरक्षण भन्ने कुरा निकुञ्ज एक्लैले पनि गर्न सक्दैन , उनले भने एकातिर पर्यटन प्रर्वद्धन विकासभन्नुहुन्छ अर्कोतिर संरक्षण भन्नुहुन्छ यो कसरी सम्भव ?’

दुबैकुरा एकैपटक प्राप्त नहुने भन्दै उनले यहांँको पर्यटन विकासका लागि संरक्षणनै पहिलो प्राथमिकता हुने बरालले बताए मानव वन्यजन्तुको द्धन्द्धको बिषयमा बोल्दै उनले साना तिना भौतिक क्षति स्थानीयले सहनुपर्ने बताए

कार्यक्रममा  संरक्षणकर्मी तथा स्थानीय वासुदेव सापकोटा, सुदीप सुबेदी, शंकर महत्तो संजीव सिंह विश्वकर्मा, टेकबहादुर क्षेत्रीलगायतले संरक्षण संँगै पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका थिए

कार्यक्रममा निकुञ्जमा रहेको बटुकदलका गणपति अरुण श्रेष्ठ, वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महत्तो, संरक्षणकर्मी सरोकारवालाको सहभागिता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय