Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको छ।

बीबीसीका अनुसार हमासले ईरानको राजधानी तेहरानमा गरेको आक्रमणमा परी हानियाको मृत्यु भएको पुष्टि गरेको छ।

हमासले आज एक वक्तव्य जारी गर्दै तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको आक्रमणमा परी उनको निधन भएको बताएको हो। तर, यसबारेमा इजरायलको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन।

हमासका अनुसार कतारमा रहँदै आएका हानिया ईरानका नयाँ राष्ट्रपति मसूद पेजेश्कियानको पदभार ग्रहण समारोहका लागि तेहरान गएका थिए।

ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एकजना सुरक्षाकर्मी पनि आक्रमणमा मारिएका छन्।

हनिया मारिएको बारेमा ईरानी सरकारी सञ्चार माध्यमहरूले पनि पुष्टि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय