Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौताको म्याद सकिएपछि निःशुल्क ट्रान्सफरमा केलियन एमबाप्पे रियल मड्रिडमा आबद्ध हुन सम्झौता गरेका छन् ।

फ्रेन्च क्लब पीएसजीसाग एमबाप्पेको सम्झौता ३० जुनमा सकिंदैछ । फ्रान्सेली स्ट्राइकर एमबाप्पेले फेब्रुअरीमै मौखिक रूपमा बर्नाबेउ जान सहमति दिएका थिए । त्यसपछि मेमा उनले सिजनको अन्त्यमा पीएसजी छोड्ने घोषणा गरे।

२५ वर्षीय एमबाप्पेले अब रियल मड्रिडसँग विभिन्न बुँदामा सम्झौता गरिसकेका छन् । जुलाई १ मा स्पानिस ला लिगा ट्रान्सफर विन्डो खुलेपछि उनी स्पानिस क्लब जाने बीबीसीले जनाएको छ ।

 कीर्तिमानी १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियलले अर्को हप्ता एमबाप्पेसँग सम्झौता घोषणा गर्ने अपेक्षा गरिएको छ ।  युरो २०२४ अघि नै औपचारिक रूपमा  बर्नाबेउमा प्रस्तुत गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।

सन् २०१८ मा फ्रान्सका लागि विश्वकप जितेका एमबाप्पेले सन् २०१७ मा मोनाकोबाट पीएसजी पुगेयता क्लबका लागि कीर्तिमानी २५६ गोल गरेका थिए ।

एमबाप्पेले रियलसँग २०२९ सम्मको सम्झौतामा सहमति जनाएका छन् । जसमा एक सिजन १५ मिलियन युरो कमाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय