Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

सहकारीको बचत रकम हिनामिना सन्दर्भमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक प्रतिक्रिया दिएको नेपाली कांग्रेसले जनाएको छ। संसद्मा जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहितको प्रतिनिधिमण्डलसँग संवाद गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको संवादपछि बाहिरिदै कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको मागमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताएका हुन्।

‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका थियौं संसदीय छानबिन गठनका विषयमा प्रधानमन्त्रीज्युसँग प्रस्ट कुरा राख्यौं। उहाँले सकारात्मक ढंगबाट लिनुभएको छ,’ उनले भने।

कांग्रेसले आफ्नो थप निर्णय सोमबार बस्ने संसदीय दलको बैठकबाट लिने लेखकले बताए।

संवादमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला पनि सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय