Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले ‘फोनिज बुलेटिन’को नयाँ अङ्क प्रकाशन गरेको छ।

शनिबार नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको मञ्चबाट उक्त बुलेटिन सार्वजनिक गरिएको हो। संविधानसभा सदस्य तथा नेपाल चेपाङ संघका संघीय अध्यक्ष गोविन्दराम चेपाङसहित कलाकारहरू प्रीति आले र रमेशराज भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष महेन्द्र दुरालगायतका व्यक्तित्वहरूको उपस्थितिमा बुलेटिन सार्वजनिक गरिएको हो। हरेक वर्ष नियमित गराउने गरी बुलेटिन प्रकाशन गरिएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए।

यसअघि सन्दीपकुमार श्रेष्ठ अध्यक्ष हुँदा फोनिज चितवनले स्मारिका प्रकाशन गरेको थियो। त्यसकै निरन्तरतास्वरूप रमेश रानामगर अध्यक्ष भएपछि दोस्रोपटक बुलेटिन प्रकाशन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय