Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

चितवनमा मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गएको माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । यसअघि बिक्री नभएका अर्थात् गोदाममा रहेका दुग्धजन्य पदार्थ सम्बन्धित संस्थाले लैजाने गरी सहमति भएको छ ।

आजदेखि उद्योग सरसफाइ गरेर सञ्चालन गर्ने तयारीमा रहेको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताउनुभयो । बीस हजार लिटर दूध पनि आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्छ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उहाँले जानकारी दिनुभयो ।

डेरी एसाेसिएसन, सहकारी, निजी डेरी, फार्महरूलाई उद्योगले यसअघि पत्र पठाएर आजदेखि उद्योग सञ्चालन हुने जानकारीसमेत गराएको थियो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फार्महरूको दूध भाँडामा प्रशोधन गर्दै आएको छ ।

पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएसँगै राख्ने ठाउँको अभावमा उद्योग बन्द भएको थियो । प्रबन्धक पराजुलीका अनुसार ७५ करोड रुपैयाँभन्दा धेरैको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ ।

५ सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा ३ सय र ५०–५० टनका तीनवटा चिस्यान केन्द्र तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको छ । २०६४ सालमा स्थापना गरिएको उद्योग २०७२ सालमा भूकम्पपछि बन्द भएको थियो ।

२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको १ सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय