Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो लगाएको छैन । आफ्नै उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णयले गठबन्धनभित्र नयाँ संकट थपिएको छ ।

किनकि राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवार उठाउने निर्णय गर्नुअघि माओवादी केन्द्रका स्थायी सदस्यहरुले नेपाली कांग्रेसको महासमिति बैठकको निर्णयप्रति चर्को आपत्ति जनाएका छन् ।

७–१० फागुनमा सम्पन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्तावमा माओवादी विद्रोहलाई औचित्यहीन र अनाहकको हिंसा भनिएको छ भने महामन्त्री गगनकुमार थापाले भविष्यमा चुनावी गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्ताव राखेका थिए ।

बुधबार सकिएको माओवादी बैठकमा जनयुद्धलाई मानमर्दन गरेको विषयमा कांग्रेसको जवाफ माग्न आग्रह गरेका नेताहरुले राष्ट्रियसभा अध्यक्ष नछाड्न खबरदारी गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनुपर्नेमा नेताहरु एकमत देखिएपछि प्रचण्डले पनि फरक निर्णय गराउन चाहेनन् । ‘ राष्ट्रिय सभा अध्यक्षमा हाम्रो उम्मेदवारी रहनेछ, हामीले निर्णय गरिसक्यौं’, माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्,‘ अध्यक्षले कांग्रेससँग कुरा गर्छु भन्नुभएको छ ।’ आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णयपछि सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवामा दबाब परेको छ ।  किनकि अध्यक्ष बन्ने उद्देश्यसहित कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । शीर्ष तहमा भएको छलफलहरुमा प्रचण्डले समेत सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन सहमति जनाएको कांग्रेस नेताहरुको दाबी छ । २९ फागुनमा हुने राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बन्ने तयारीमा सिटौला छन् । तर प्रस्तावित मिति नजिकिँदै गर्दा माओवादी केन्द्रले स्थायी समितिबाटै उम्मेदवारी दिने निर्णय गरेपछि कांग्रेसभित्र राष्ट्रियसभा अध्यक्ष र गठबन्धनलाई लिएर संशय देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय