Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेदरल्याण्डबीचको खेलको टस ओसिलो मैदानका कारण प्रभावित भएको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा सवा ९ बजे शुरु हुने खेलका लागि हुनुपर्ने टस ओसिलो मैदानका कारण केही समय पछि सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । हिजोको वर्षाले मैदान ओसिलो बनाएको हो ।

लिग–२ को जारी शृङ्खलामा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालसँगको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हारेको थियो । त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हारेको थियो । नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म भएका दुई एक दिवसीय खेलमा दुवै खेल नेदरल्याण्डस्ले जितेको छ ।

यो खेलपछि पर्सि आइतवार नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । लिग– २ मा आठ वटा देश खेलिरहेका छन् । नेपालसहित नेदरल्याण्डस्, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टोली विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय