Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

केही समयअघि अमेरिकी फुटबल क्लब इन्टर मियामी एसिया भ्रमणमा आएका थिए। एसिया भ्रमणका क्रममा इन्टर मियामीले हङ्कङमा प्रदर्शनी खेल खेलेको थियो  मेस्सी पनि इन्टर मियामीबाटै ब्यवसायीक फुटबल खेल्छन् ।

 

त्यो खेलमा मेस्सी मैदानमा ओर्लिएका थिएनन् । हङ्कङमा मेस्सीको खेल हेर्न हजारौँ समर्थकले महंगो मूल्यमा टिकट खरिद गरेका थिए । मेस्सीले नखेलेपछि त्यस बेला समर्थकहरू आक्रोशित बनेका थिए ।

खेलकुदमा राजनीति मिसाउन खोजेको भनी चिनियाँ फुटबल समर्थकहरूले आरोप समेत लागाएका थिए । आफूमाथि लगाएको आरोपको विषयमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले स्वास्थ्य समस्याका कारण आफूले हङ्कङमा मैत्रीपूर्ण फुटबल खेल्न नसकेको बताएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफूले हङ्कङमा नखेल्नुको पछाडि कुनै राजनीतिक कारण नरहेको दाबी पनि गरेका छन् ।

चिनियाँ समर्थकलाई सम्बोधन गर्दै मेस्सीले जारी गरेको भिडियो सन्देशमा भनिएको छ ‘हङ्कङमा मेरो अनुपस्थितिको विषयलाई लिएर विभिन्न आरोप लगाइएको छ । यस्ता आरोपमा कुनै सत्यता छैन । मैले फुटबलमा राजनीति मिसाउने कुनै कार्य गरेको छैन,’  त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा भने मेस्सी मैदानमा ओर्लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय