Nepali Unicode | Preeti to Unicode

बिहीबार राति अस्पतालबाट फरार बलात्कार/हत्या आरोपित राजेन्द्र बोहरा शुक्रबार बिहान जंगलबाट समातिएका छन्।

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कार/हत्याका अभियुक्त बोहरालाई डोटीकै पूर्वचौकी गाउँपालिका वडा नम्बर १, फुलोट भन्ने जंगलमा हिँडिरहेको अवस्थामा फला पारिएको डोटीका एसपी जनक पाण्डेले जानकारी दिए।

‘जंगलको बाटो भएर रोडमा निस्किँदै गर्दा प्रहरी टोलीले उनलाई समातेको हो,’ एसपी पाण्डेले नेपालखबरसँग भने, ‘हामी उनलाई लिएर आउँदै छौं।’

बिहीबार राति १० बजे भागेका उनलाई प्रहरीले शुक्रबार बिहान ९ बजेतिर फेला पारेकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर