Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

विराटनगरमा सम्पन्न प्रथम मदनस्मृति अन्तरवडा खुला पुरुष कबड्डी प्रतियोगिताको उपाधि वडा नम्बर १७ ले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा भएको खेलमा वडा नम्बर १४ लाई पराजित गर्दै १७ नम्बर वडा विजयी भएको हो ।

उपाधि विजेता वडा नम्बर १७ ले नगद ३१ हजार रुपैयाँ तथा उपविजेताले नगद २१ हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलको उत्कृष्ट खेलाडीको पुरस्कार वडा नम्बर १७ का खेलाडी मोहम्मद सहमद आलम र उदीयमान खेलाडीको पुरस्कार वडा नम्बर १४ का अनिस यादवले हात पारे ।  विजेता तथा उपविजेता टिमलाई नेकपा एमालेका नेता विनोद ढकाल, नेकपा एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापा लगायतले पुरस्कार वितरण  गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व केन्द्र्रीय सदस्य विनोद ढकालले खेलकुदको माध्यमबाट सबै समूदायलाई एकताको सुत्रमा बाँध्न सकिने भन्दै सबै खेल क्षेत्रको विकासको लागि सबै पक्ष लाग्नु पर्ने बताए ।एमाले विराटनगर अध्यक्ष सागर थापाले खेल क्षेत्रको विकासको लागि नेकपा एमालेले सधै साथ सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय