Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा हुन लागेको जानकारी दिए। उनका अनुसार बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ।

बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने मुख्यसचिव पौडेलले बताए। कांग्रेसले बुधबार मात्र पत्रकार सम्मेलन गरेर महासमितिको बैठकको तयारीका बारेमा जानकारी गराएको थियो।

पार्टीको महासमितिको बैठकमा पार्टीका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस गर्न लागिएको जनाइएको छ।

पार्टीका महामन्त्री गगनकुमार थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। कांग्रेसले आजको बैठकमा उपस्थित हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई अनुरोधसमेत गरेको छ। –रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय