Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

२८ माघ । प्रा डा कृष्णप्रसाद डा पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित भएका छन्। उनको कृति लय छुटेको समयका लागि यो पुरस्कार दिइएको हो।

रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबीच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन्। पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए।

रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने सारस्वत रत्न पुरस्कार २०८० यो वर्ष डाक्टर पौडेलद्वारा लिखित ञलय छुटेको समयझलाई प्रदान गरिएको हो । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार दिइने योजना अनुसार कृति आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो। पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र छ।

डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन्। अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन्। उनी सोही अस्पतालमा दुईपटकसम्म मेडिकल सुपरिटेन्डेन्ट भैसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय