Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार सामूहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन्। ओली र दाहालले हिजो छुट्टाछुट्टै राष्ट्रपतिसँग भेटेका थिए।

बिहीबार छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिको सम्भावना नदेखेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शुक्रबार बिहान सामूहिक छलफलमा बोलाएको शीतलनिवास स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान राष्ट्रपतिसँग भेटेर छलफल गरेका थिए भने बेलुका दाहाल शीतलनिवास पुगेका थिए।

दुवै अध्यक्षलाई राष्ट्रपति भण्डारीले मिलेर जान आग्रह गरेककी थिइन्।

दाहालसँग राष्ट्रपति भण्डारीले पार्टीमा मिलेर जान र बहुमतीय आधारमा कुनै निर्णय नगर्न सुझाव दिएकी थिइन्।

‘मिल्न पर्‍यो र तपाईंले मिलाउनु पर्‍यो भनेर राष्ट्रपतिले भन्नु भयो’, राष्ट्रपतिको यो आग्रहमा दाहालले ‘अहिले पार्टीमा सबै समस्या प्रधानमन्त्री ओलीकै कारण देखिएको हो, उहाँले नमिलाइ कुरा मिल्दैन’ भनेर जवाफ दिएका थिए।

‘अहिले सबै समस्या ओलीजीकै कारण भएको हो, उहाँले केही पनि मान्नुहुन्न, न कमिटीको बैठकमा आउनुहुन्छ न निर्णय मान्नुहुन्छ’, राष्ट्रपतिलाई दाहालको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने, ‘पुरै स्वेच्छाचारिता देखाएपछि गाह्रो हुनु स्वभाविक हो।’

दाहालले आफुहरू पार्टी एकताका लागि प्रयासरत रहेको भन्दै कुनै अप्रिय कदम नचाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

‘हामी मिलाउनै लागेका छौं, कमिटीको निर्णय कार्यान्वयन गराउनुपर्छ भन्दै आएका छौं तर ओलीजीले नमानेर समस्या गहिरिन थाल्यो’, दाहालले राष्ट्रपतिलाई भने, ‘बरु तपाईंले कुनै अप्रत्याशित र अप्रिय कदम नचाल्नुस्, त्यसले तपाईंको भूमिका र जिम्मेवारीलाई विवादमा ल्याउँछ, राम्रो गर्दैन।’

त्यसपछि राष्ट्रपतिले सहमति खोज्न शुक्रबार दुवै अध्यक्षलाई बोलाएकी हुन्।

नेकपाभित्र विवाद हुँदा भन्डारीले दुई अध्यक्षलाई यसैगरी मिलाउन पहल गर्दै आएकी छन्।

यसअघि २०७६ मंसिर ४ गते राष्ट्रपतिकै रोहबरमा ओली र प्रचण्डबीच पदीय बाँडफाँटमा सहमति भएको थियो।

नेकपाभित्र विवाद चुलिँदै गएका बेला भण्डारीले कात्तिक १८ गते उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा माहोल बनाउने प्रयत्न गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय