Nepali Unicode | Preeti to Unicode

२४ माघ । संघीय संसदका नवनियुक्त महासचिव पद्यप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

बुधवार संसद भवनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उहाँलाई शपथग्रहण गराउनुभएको हो ।

शपथग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना लगायतको उपस्थिति रहेको थियो ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर