Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।

‘सरकारका काम र पार्टीको नीतिअनुसार राम्रो तयारी गरी दर्बिलोसँग संसद्मा प्रस्तुत हुनुहोस्,’ प्रधानमन्त्री दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम प्रयास गरिएको छ । सरकारले राम्रो काम गरिरहेको छ । यी विषयमा सदनमा आफ्ना कुरा राख्नुहोस ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै तीन करोड रुपैयाँभन्दा साना योजना केन्द्रमा नराखी तल्लो तहमा पठाइने उल्लेख गरे ।

उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘संघीय लोकतन्त्र गणतन्त्र हामीहरुको सक्रियताले प्राप्त भएको व्यवस्था हो । यसको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने । प्रधानमन्त्री दाहालले वर्तमान व्यवस्था विरोधी गर्नेहरुको विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुन समेत निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण नयाँ ढंगले गर्न लागिरहेको बताए । उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाइने उल्लेख गरे ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्ग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’

बैठकमा सांसदहरुले चालु अधिवेशनमै सङ्क्रमणकालीन विषय टुङ्ग्याइनुपर्नेमा जोड दिएका छन् । बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना र कृषि क्षेत्रमा केन्द्रित गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय