Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी,१६ माघ । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतवार भएको सशस्त्र आक्रमणका दुई संदिग्धलाई थुनामा राखिएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । इस्तानबुल प्रहरी विभागले अपराधीहरूलाई पहिचान गरी पक्राउ गरेको बताउनु भयो ।

आक्रमणकारीहरूले स्थानीय समयअनुसार बिहान ११ः४० बजे शहरको युरोपेली छेउमा रहेको सरियर जिल्लाको सान्ता मारिया चर्चमा हमला गरेका थिए । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो ।

यसअघि इस्तानबुलका गभर्नर दाउत गुलले मृतक ५२ वर्षीय टर्की नागरिक भएको बताएका थिए । घटनापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इटालियन चर्चका पादरीसँग फोनमा शोक व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय