Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नेपाल सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले लगेको सिफारिसलाई पारित गर्दै माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बसौलालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको पुष्टि गरे । उनले यस विषयमा थप प्रतिक्रिया भने दिन चाहेनन् । बसौलाले भने आफू बिमा बोर्डकै पूर्ववत कार्यक्रमका लागि काठमाडौं बाहिर रहेको बेलामा भएको निर्णय बारे आफूलाई केही थाह नभएको दाबी गरे । ‘मलाई फेरि स्पष्टिकरण सोधिएको थियो । मैले त्यसको जवाफ पनि बुझाएको थिएँ । अहिले बर्खास्त गरियो रे भनेर सुन्दै छु । पत्र त पाएको छैन,’ उनले सोमबार अबेर साँझ फोनमा कुरा गर्दै भने, ‘अध्यक्षज्यू र सदस्यज्यू पनि सँगै हुनुहुन्छ । हामी काठमाडौं फर्कंदै छौं । काठमाडौं आइपुगेपछि सबै थाह होला ।’

स्वास्थ्य बिमा बोर्डको प्रवक्ता ओमकुमारी कडेलले कार्यकारी निर्देशक बसौलालाई बर्खास्त गरिएको बारे मन्त्रालयबाट औपचारिक पत्र प्राप्त नभइसकेको बताइन् । ‘बोर्डलाई मन्त्रालयबाट कुनै पत्र प्राप्त भएको छैन,’ उनले भनिन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतको आदेशपछि २४ पुसमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई हटाउन मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको थियो । सोही सिफारिस बमोजिम माघ ९ को मन्त्रिपरिषद्‍ बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय