Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी,१५ माघ । फिनल्याण्डको राष्ट्रपतीय निर्वाचन आईतवारबाट सकिएको छ । फिनल्याण्डका मतदाताहरुले बेलुका ८ बजेसम्म भोट हालेका थिए । ६ वर्षको अवधिको लागि राष्ट्रपति चयन गर्न मतदान भएको हो । वर्तमान साउली निनिस्तोको उत्तराधिकारीका लागि नौ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

दुई कार्यकाल राष्ट्रपतिमा बसे पनि उनी दौडमा छैनन् । फिनल्याण्डको संविधानअनुसार राष्ट्रपति लगातार दुई कार्यकालका लागि मात्र निर्वाचित हुन पाइन्छ । यदी कुनै पनि उम्मेदवारले पहिलो चरणमा आधा भन्दा बढी मत प्राप्त गर्न सकेन भने, फेब्रुअरी ११ मा शिर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणको प्रतिष्पर्धा हुनेछ ।

राष्ट्रिय गठबन्धनका राष्ट्रपतिका उम्मेदवार, पूर्वप्रधानमन्त्री अलेक्ज्याण्डर स्टब र स्वतन्त्र हरित उम्मेदवार, पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो, जनमत सर्वेक्षणमा अग्रस्थानमा छन् । स्टब नोभेम्बरदेखि चुनावको नेतृत्व गर्दै आएका छन् तर फिन्स पार्टीका उम्मेदवार र फिनल्याण्डको संसदको सभामुख जुसी हल्ला–आहो पछिल्ला हप्ताहरूमा लोकप्रियता बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय