Nepali Unicode | Preeti to Unicode

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको हेर्दाहेर्दैमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ। काठमाडौं जिल्ला अदालतमा बुधवार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उनको मुद्दामा आज सुनुवाइ हुने बताइएको छ।

आज जाहेरीवाला वकिल र प्रतिवादी लामिछाने पक्षका वकिलहरूले बहस गर्नेछन्।

ढकालको इजलासमा गत शुक्रवारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो। तर, बसह भने हुन सकेको थिएन। मुद्दामा आजै बहस सकिएको खण्डमा फैसला पनि आजै आउन सक्ने बताइएको छ।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुङ्ग्याउन भनेपनि जिल्ला अदालतले त्यसो गर्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर