बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ गर्ने भएको छ।
यो मुद्दाको पेशी न्यायाधीश ढकालको इजलासमा तोकिएको छ।
मुद्दाका दुवै पक्षले अदालतमा बहस नोट पेस गरेपछि सुनवाइका लागि इजलास तोकिएको हो।
गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक बहस नोट पेस गर्न आदेश दिएको थियो।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ३० पटकभन्दा बढीसम्म पेसी चढिसकेको छ।
