जापानलाई हराउँदै युएई यू-१९ एसिया कपको सेमिफाइनलमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३२२ रनको लक्ष्य दिएको थियो । तर चार विकेट गुमाएर जापानले २१३ रन मात्रै बनाउन सक्यो । यो जितसँगै समूह ‘बी’ मा चार अंक जोडेर युएई सेमिफाइनलमा पुग्यो ।
यही समूहतर्फको अर्को खेलमा बंगलादेशले श्रीलंकालाई हरायो । जापानलाई हराएर दुई अंक जोडेको श्रीलंका बंगलादेशसँग पराजित हुँदा युएई सेमिफाइनलमा पुगेको हो । युएईले श्रीलंकालाई हराएर दुई अंक जोडेको थियो । जापानलाई हराएपछि यूएई चार अंक सहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
सबै खेल जितेको बंगलादेश समूह विजेता बनेको छ ।
