Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिन अघि १४ किलो सुन बरामद घटना सेलाउन नपाउँदै शनिवार राति सुन ल्याएको आरोपमा दुई विदेशी नागरिक पक्राउ परेका छन्।

शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

ए२४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ।

दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको प्रहरी स्रोतको दाबी छ। उनीहरूको साथबाट बरामद भएको सो परिमाणको तरल सुन फेला परेको बताइए पनि त्यसलाई प्रहरीले बाहिर ल्याएको छैन।

‘सुनजस्तो देखिएको छ, तर चेकजाँचकै क्रममा रहेकाले त्यसलाई बाहिर ल्याइएको छैन’, विमानस्थल प्रहरी सुरक्षा गार्ड कार्यालयका एक प्रहरीले भने।

पक्राउ परेका व्यक्तिहरू लगाएको भित्री ज्याकेटमा गोजी बनाएर छ वटा प्याकेटमा ती सुन फेला परेको हो। विमानस्थलको भन्सार कार्यालय पार गरेर बाहिर निस्कने क्रममा उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि २१ मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। विमानस्थल भन्सार कार्यालयले बिहीबार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको थियो।

बिहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेलाई कपडामा बेरेर छातीको दायाँबायाँ राखी लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय