Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया भएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया भएको हो । अहिले उनको अवस्था स्थिर छ ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको  हो । मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले डा.अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको जानकारी दिए । मन्त्री श्रेष्ठको  सघन उपचार कक्षमा उपचाररत रहेको उनले  उल्लेख गरेका छन् ।

यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरी मुटुको उपचार गरिएको थियो । फर्किएपछि पुन छातीमा समस्या भएपछि उनले एन्जिओप्लास्टी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय