Nepali Unicode | Preeti to Unicode

गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानका ४ जना समर्थकलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँले आज बिहान पक्राउ गरेको छ। काठमाडौँको विभिन्न स्थानबाट प्रसाईँको अभियानका समर्थकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीवार बल्खुमा भएको कार्यक्रममा प्रसाईँका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। कार्यकर्ताहरू पक्राउको बारेमा प्रसाईँले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन्।

बिहीवार बल्खुमा विरोध प्रदर्शन गरेको प्रसाईँ समूहले आज तीनकुनेमा प्रदर्शन गर्ने जनाएको छ। प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिने बताएपछि आजको कार्यक्रमपनि तनावग्रस्त हुने कतिपयको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर