Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

कात्तिक १४ गते । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसले नेपाल जस्ता देशहरूले औद्योगिक र धनी राष्ट्रहरूको क्रियाकलापको असर भोग्नुपरेको औँल्याउनुभएको छ । उहाँले जलवायु परिवर्तनमा कुनै भूमिका नहुने देशका बासिन्दा भोग्नुपरेका सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग जरुरी हुने औँल्याउनुभयो ।

मङ्गलवार पोखरा विमानस्थलमा पत्रकारमाझ उहाँले आफ्नो नेपाल भ्रमणले विश्व समुदायलाई नै जलवायु परिवर्तनका असर कम गर्न अत्यावश्यक भएको सन्देश दिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेरो भ्रमणको विश्वलाई स्पष्ट सन्देश हो कि प्रकृति विरुद्धका क्रियाकलाप रोक्न जरुरी छ । नेपाल र अरू देशलाई सहयोग गर्नै पर्छ, जसका कारण जलवायु परिवर्तन भएको छैन तर उनीहरू त्यसको पीडा भोग्न बाध्य छन् ।”

जलवायु परिवर्तनबाट धेरै समुदाय नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उहाँले ती समुदायलाई अन्तर्राष्ट्रिय समुदायले साथ दिनुपर्नेमा उहाँको जोड छ । सोमबार बिहान अन्नपूर्ण बेस क्याम्प(एबिसी) जानुभएका महासचिव गुटेरेसले त्यहाँका स्थानीयसँग समेत कुरा गर्नुभएको छ ।

एबिसीका स्थानीयले जलवायु परिवर्तनका कारण भोग्नुपरेका कठिनाइहरू उहाँलाई सुनाएका थिए । एबिसीका होटेल रहेको क्षेत्र नै हिमनदीको कटानले जोखिममा परेको छ । नेपाली सेनाको हेलिकोप्टरमा त्यहाँ जानुभएका महासचिवलाई स्थानीयले जलवायु रोक्न ध्यानाकर्षण गराएको त्यहाँका पर्यटन व्यवसायी दिलीप गुरुङले जानकारी दिनुभयो ।

एबिसीबाट पोखरा फर्किनु भएका उहाँ पत्रकार सम्मेलनपछि पौने १० बजे नेपाली सेनाको विशेष विमानमार्फत लुम्बिनी प्रस्थान गर्नुभएको छ । महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आउनुभएको हो । उहाँले सोमबारे पुम्दीकोट भ्रमण र फेवातालमा बोटिङसमेत गर्नुभएको थियो । महासचिव गुटेरेसको यो दोस्रो पोखरा भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय