Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

सिरहाको मिर्चैया ६ निवासी उनको सोमबार राति ८.४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएको थियो। उच्च रक्तचाप र मधुमेहका समेत रोगी रहेका उनको ९ गते संक्रमण पुष्टि भएको थियो।
स्वासप्रस्वास समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। यो सँगै बीपीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । मृतकको शव अस्तपालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय