Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

असोज १२ गते । तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ ।

तनहुँको  भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापालाई पक्राउ गरेको हो ।  भिमाद नगरपालिका–९ कटनछाप बस्ने थापाले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय ३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण (कर्जा) जनाई रकम हिनामिना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

थापाले संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६  रुपियाँ हिनामिना गरेको भनी निजको विरुद्धमा जाहेरी दरखास्त दिएको पक्राउ गरिएको प्रनाउ खाँडले बताउनुभयो ।  तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय