Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

गुल्मी- गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारीले लोक सेवा आयोगका दश ठाउँबाट परीक्षा उतीर्ण गर्नु भएको छ । भण्डारीले एक वर्षमा लोक सेवा आयोगले लिएका विभिन्न पदमा दश ठाउँबाट परीक्षा उतीर्ण गर्नुभएको हो ।

जसअनुसार गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासन+लेखा), संघ नायब सुब्बा प्रशासन समुह, संघ नायब सुब्बा लेखा तथा लेखापरीक्षण समुह, कृषि बिकास बैंक पाचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत प्राधिकरण पाचौं तह लेखा समुह, नेपाल विद्युत प्राधिकरण चौथो तह उतीर्ण गर्नुभएको छ । त्यस्तै नेपाल टेलिकम छैटौ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उतीर्ण गर्नुभयो ।

भण्डारीले हालै संघीय शाखा अधिकृत (लेखा समूह) सिफारिस हुनुभएको छ । यी बाहेक भन्सार बिभागले करिब २२ बर्षपछि बिज्ञापन गरेको भन्सार एजेन्टको लाइसेन्सको परिक्षा पनि उतिर्ण गर्नुभएको थियो ।

जसमा ६६० जनाका लागि १० हजार भन्दा बढीको प्रतिस्पर्धा भएको थियो । तर निजामती सेवा प्रवेश गरेपछि लाइसेन्स खारेज गर्नुभएको छ ।

लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेकाले खुसी लागेको भण्डारीले बताउनुभयो । खुला तर्फबाट निजामती सेवामा प्रवेश गर्न सकिने माथिल्लो श्रेणीनै राजपत्रांकित तृतीय श्रेणी भएको र त्यसमा आफू छ्नोट हुन पाउदा धेरै खुशी लागेको बताउनुभयो ।

तयारी गरेको छोटो समयमै निजामती सेवा, बैंकिङ सेवा, सार्वजनिक सस्थान, प्रदेश र स्थानिय सेवा समेतमा नाम निकाल्न सफल हुँदै सबै क्षेत्र र तहमा नाम निकाल्ने अनुभव बटुल्ने सौभाग्य मिलेको भण्डारीले बताउनुभयो ।

यो नतिजाले अझै जिम्मेवारी थपिएको र राज्य, राष्ट्र र जनताले चाहेअनुसार सेवा प्रदान तथा भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्ने उहाँको भनाइ छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारी मध्यम वर्गिय किसान परिवारमा जन्मिनु भएको हो । उहाँ सानैदेखि मेहनती हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय